– नरेन्द्रसिह कार्की
दार्चुला, २ वैशाख । दार्चुला सदरमुकाम खलंगाको अपी नगरपालिका– १३ भोराबगड गल्फैमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
अपि नगरपालिकाको वडा नम्बर १७ धापबाट खलंगातर्फ आइरहेको से १ ज ५९६ नम्बरको जीप बिहीबार विहान ११ बजे भोराबगडको ओरालोमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका पाँच जनामध्ये ३ जना नेपाल र दुई जनालाई भारतको पिथौरागढ रिफर गरिएको छ ।
गम्भीर घाइते भएकाहरुमा अपि नगरपालिका १७ का ४५ वर्षीय कमान भाटलाई अत्तरीया, अपि नगरपालिका १४ का ७० वर्षीय मानबहादुर वमलाई छाउनी अस्पताल काठमाण्डौ, अपि नगरपालिका १७ का ३३ वर्षीय करनबहादुर पाललाई अत्तरीया रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यसैगरी अपि नगरपालिका १५ का ५२ वर्षीय गणेशसिह रैखोला, र अपिनगरपालिका १६ का ४५ वर्षीय प्रदीपसिह धामीलाई भारतको पिथौरागढ रिफर गरिएको छ । रैखोला जिल्ला अदालत दार्चुलाका नायब सुब्बा हुन भने धामी मालापोत कार्यालय दार्चुलाका मालपोत अधिकृत हुन् । रैखोलाको खुट्टा र धामीको टाउँकोमा चोट लागेको छ ।
यस्तै घाइते हुनेहरुमा अपी नगरपालिका –३ की १८ वर्षीया कमला कार्की, अपी नगरपालिका– ११ का ४५ वर्षीय इन्द्रराम लोहार, अपी नगरपालिका– ५ की ५ वर्षीया बालिका एलिना कुवर, अपी नगरपालिका– ११ का ४० वर्षीय सिता लोहार, अपी नगरपालिका– १६ का ५० वर्षीय आनसिह विष्ट, हुती गाविस– १ की जानकी भट्ट, अपी नगरपालिका– १५ का १ वर्षीय प्रकाश भट्ट, अपी नगरपालिका–५ का ११ वर्षीय सुन्दरी लोहार, अपी नगरपालिका– ४ का ११ वर्षीय काली लोहार, अपी नगरपालिका– १५ का ५२ वर्षीय गणेश लोहार, अपी नगरपालिका– १७ का १० वर्षीय बिक्रम भाट, अपी नगरपालिका– १७ की १२ वर्षीय मानमती पाल र अपी नगरपालिका– १७ की १२ वर्षीया सरस्वती भाट रहेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्ला अस्पतालमा उपचार गराइरहेका मध्ये विक्रमसिह भाट, मानमती पाल र सरस्वती भाट सामान्य उपचार पछि घर फर्किसकेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालको छेउमा नै भएको दुर्घटनामा घाइते भएको कारण समयमै उद्धार गर्न सकिएको डिएसपी सुशिलसिह राठौरले बताउनुभयो ।

यसैबीच व्यवस्थापिका सांसद एवं नेकपा एमाले केन्द्री कमिटी सदस्य गणेशसिह ठगुन्ना, नेकपा एमालेका जिल्ला कमिटी सचिव ज्ञानेन्द्र घर्तीले पार्टीको तर्फबाट एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै जीप दुर्घटनामा परी घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नभएको छ । साथै घाइतेहरुको उचित उपचारमा जुट्न सबैमा आग्रह गरिएको छ ।
यसैगरी नेपाली काग्रे जिल्ला कार्य समिति सभापति ललितसिह बोहरा र सचिव हरकसिह विष्टले जीप दुर्घटना प्रति गहिरो दुख व्यक्त गर्नुभएको छ । काग्रेसले पनि घट्नामा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
कापी किताब किन्न आउँदा जीप दुर्घटनामा परी घाइते
अपि नगरपालिका १७ का १२ वर्षीय सरस्वती भाट कक्षा ६ मा प्रवेश गरेका छन् । उनी आज बिहान १० बजे धापबाट कापी किताब किन्न बुवाको साथमा सदरमुकाम आउँदै थिए । बसपार्क झर्न १ मिनेट बाँकी रहँदा अपि नगरपालिका १३ गल्फै अस्पताल छेउमा जीप दुर्घटनामा पर्यो । बीरेन्द्र वन नजिकै निर्माणाधिन सडक खण्डबाट जीप २० मिटर तल झर्यो । गाडी सवार १९ जना मध्ये उनी पनि जीप दुर्घटनामा घाइते भएका छन् । कापी कलम लगेर चाडै फर्किन सोच बनाएर बुवा सँग आएको थिए उहाँले भन्नुभयो, जीपको पछाडी बसेका थियौ । जीप कसरी पल्टीन गयो थाहाँ भएन । जीप तलपुगेपछि आफु दुर्घटनामा परेको थाहाँ पाए ।

आजबाट विद्यालय भर्ना अभियान शुरु भएको छ । विद्यार्थी नयाँ वर्षबाट नयाँ संकल्प गर्दै कापी कलम किताब खोज्ने पुस्तक पसल दार्चुला आएका थिए । उनी मात्र हैन उनी सँगै रहेका अपिनगरपालिका १७ कै १२ वर्षीया मानमती पाल, हुती १ का प्रकाश भट्ट,र अपिनगरपालिका १७ कै कमान भाट जीप दुर्घटनामा परेका छन् ।
बुवा सँगै कापी कलम किन्न आएका उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।












प्रतिक्रिया