
– शम्भू माली
कपिलवस्तु २ बैशाख । कपिलवस्तुको जहदी ७ रेहरामा भएको आगलागीका कारण १०५ बढी घरगोठ जलेर नष्ट भएका छन् ।
स्थानीय राममिलन कुर्मीको घर छेउबाट शुरु भए पछि आगलागी गाँउमा फैलिएको थियो । आगलागीका कारण फुस र खरको छाना भएका घर सगै पक्कीघर र गोठहरुमा क्षति पुगेको छ । तिब्र गतिको हावा हुरीका कारण दिउसो ३ बजे शुरु भएको आगलागी छिनभरमै गाँउभर फैलिएको थियो ।
आगलागी नियन्त्रणका लागी स्थानिय, कपिलवस्तु नगरपालिका कार्यालयको दमकल, अस्थाई प्रहरी पोष्ट जहदीको प्रहरी टोली र शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय कपिलवस्तुको टोलीले साझ ६ बजे आगलागी नियन्त्रणमा लिएको हो ।
आगलागीका कारण करिब ३० लाख प्रारम्भिक आकलन गरिएको छ ।
प्रहरीको टोली आगलागी नियन्त्रणमा खटिएकाले क्षतिको यकिन तथ्याङ्क आईनसकेको जनाउदै प्रारम्भिक सुचना अनुसार १०५ घर र गोठहरु समेत जलेको प्रहरी उपरिक्षक बिष्णु कुमार केसीले जानकारी दिए ।












प्रतिक्रिया