१७ कार्तिक २०८३, मंगलबार

लेगुवामा भीषण आगलागी, ११ घर जलेर नष्ट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ago-lagi

धनकुटा, २ चैत । धनकुटाको लेगुवा–१ छुम्लिङमा भीषण आगलागी भइरहेको छ । दिउँसो अचानक सुरु भएको आगोले हालसम्म ११ घर जलेर नष्ट भइसकेका छन् ।

स्थानीयका अनुसार शान्तिराम पौडेल, तोयानाथ पौडेल, रोमन अधिकारी, लक्ष्मी लामिछाने, सचिन्द्र लामिछाने, गजेन्द्र लामिछाने, नारायण लामिछाने, कमल तामाङ, इन्द्रबहादुर तामाङ, दामोदर दाहाल र रामबहादुर तामाङको घर जलेका छन् । अझै केही घर आगोको जोखिममा रहेका छन् । हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भएको छ ।

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगो नियन्त्रणका लागि जितपुर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । यता जिल्ला सदरमुकामबाट पनि प्रहरी घटनास्थल पठाइएको प्रजिअ प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।रासस