काठमाडौं, २ वैशाख । साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि छुरा प्रहार भएको छ ।
उनलाई राजदूतावासमै शरण लिइरहेका एक नेपाली युवकले कार्यकक्षमै छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
छुरा प्रहारबाट कावा राजदूत शर्मा घाइते भएका छन् । उनको साउदीस्थित किङ फैसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले जानकारी दिए ।
राजदूत शर्मालाई छुरा प्रहार गर्नुको कारण खुल्न सकेको छैन् । साथै छुरा प्रहार गर्ने नेपालीको नाम पनि खुलाइएको छैन् ।
आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ । आक्रमणबाट घाइते भएका शर्माको स्वास्थ्य अवस्था खतरामुक्त छ । मन्त्रालयले कूटनीतिक पदाधिकारीमाथि भएको आक्रमणको भत्र्सना गरेको छ ।













प्रतिक्रिया