१ कार्तिक २०८३, आइतबार

सुनकोशीमा मृतकको संख्या ६ पुग्यो, बाह्रबिसे बजार डुब्ने खतरा, सानिमा जलविद्युत आयोजना पनि बगायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-pahiro

चौतारा, १७ साउन । सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोबाट थुनिएको नदीको डुबानमा पर्दा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

मृतकमध्ये माङ्खा–१ का विमला श्रेष्ठ र श्याम श्रेष्ठको मात्र पहिचान भएको र अन्यको पहिचान हुन सकेको छैन । अहिले राम्चे र धुस्कुन दुवैतर्फबाट पनि पहिरो झरेकाले नदी खोल्न सकेका छैन तर प्रयास जारी छ ।

नदी खोल्न नसक्दा नदीको सतह बढ्दै गई बाह्रबिसे बजारसमेत डुबानमा पर्न थालेको स्थानीय केशरबहादुर खत्रीले जानकारी दिनुभयो ।

डुबानका कारण सुनकोसी र भोटेकोसी दोभानमा रहेको सानिमा हाइड्रो पावरको तीन मेगावाटको पावर हाउस बगरमा परिणत भएको छ ।