२५ कार्तिक २०८३, बुधबार

विश्व क्रिकेट लिगमा नेपालले नामिबियापछि नेदरल्याण्डसँग खेल्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket- Nepal-team

काठमाडौं, २ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिबियापछि नेदरल्याण्डसँग खेल्ने भएको छ ।

नेपाल र नामिबियाबीच वैशाख ४ र ६ गते घरेलु मैदान कीर्तिपुरमा खेल हुँदैछ ।

यो खेलपछि नेपालले साउन अन्तिम साता(अगष्ट १३ र १५) मा अंक तालिकाको शीर्ष स्थानमा रहेको नेदरल्याण्डसँग खेल्ने पक्का भएको क्रिकेट युरोप ४ ले जनाएको छ । नेपाल अंक तालिकाको पुछारमा छ ।

नेपाली पात्रो अनुसार खेल साउन २९ र ३१ गते नेदरल्याण्डको घरेलु मैदानमा हुनेछ । तर, अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले खेलको मिति औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।