२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनको बैठक बस्दै, प्रधानमन्त्रीलाई कडा जवाफ दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्दोलनका थप कार्यक्रमका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बस्दैछ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा राजधानी केन्द्रित आन्दोलनका विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले जानकारी दिनुभयो ।

‘हाम्रो अल्टिमेटममा सरकारले केही पनि गरेन’, उहाँले भन्नुभयो, ‘वैशाख छ गते काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछौँ । सोही कार्यक्रमबाट आन्दोलनको कार्यक्रम घोषणा हुनेछ ।’

वैशाख छ गते मधेसी मोर्चाले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बृहत अन्तरक्रिया गर्दैछ । सो अन्तरक्रियामा संविधानको विरोध गर्ने र सरकारविरुद्धको आन्दोलनमा सक्रिय संघ संगठन तथा अधिकारकर्मीलाई बोल्न दिने तयारी भएको छ ।

साथै बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनका विषयमा पनि संघीय गठबन्धनले जवाफ दिने बताइएको छ ।