१ कार्तिक २०८३, आइतबार

यसकारण अबदेखि तपाईको मोबाइल नचल्न सक्छ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mobile Phone Nepalकाठमाडौं, २ वैशाख । अवैध रुपमा भित्रिएका मोवाइल सेट नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रे मार्केटबाट भित्रिरहेका मोवाइल सेटको प्रयोगलाई निरुत्साहित गर्ने योजनाअनुसार यो नियम लागू गर्न लागेको हो ।

प्राधिकरणले दूर सञ्चार उपकरणको अवैध कारोबार रोक्न राष्ट्रिय उपकरण पहिचान दर्ताको कार्यान्वयन सम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै त्यस्ता मोबाइल सेटको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

अवैध रुपमा भित्रने मोबाइल सेटबाट सरकारले ठूलो परिमाणमा राजश्व गुम्दै आएको तथा अपराधिक क्रियाकलापसमेत बढ्दै गएको ठहर गर्दै प्राधिकरणले उपकरण दर्ता कार्यान्वयनमा ल्याएको हो ।