८ कार्तिक २०८३, आइतबार

दुई वर्षअघि खर्च भएको एमालेको चार अर्व प्रकरण कहिले मिल्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meetingकाठमाडौं, २ वैशाख । एमालेले करिब दुर्इ वर्षअघि भएको नवौं महाधिवेशनको आम्दानी खर्चको हिसाव किताव अझै फर्स्योट गर्न सकेको छैन ।

केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेलले महाधिवेशनको हिसाव किताब नमिलेको बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रधानमनत्री निवास बालुवाटारमा बुधवार बसेको केन्द्रीय कमिटीको बैठकमा कँडेलले भने, ‘सबै अडिट भइनसकेकाले सवै विवरण पेश गर्न सकिएको छैन ।’

कंँडेलले असार ०७१ मा सम्पन्न नवौं महाधिवेशनमा पाँच करोड सहयोग संकलन गर्ने लक्ष्य राखिएकोमा एक करोड रुपैयाँमात्रै आम्दानी भएको तर खर्च भने चार करोड रुपैयाँ हाराहारीमा भएको छ ।