– रोशन खड्का
‘इमान्दार छु भन्दैमा केही काम नगरेर बस्ने छुट कसैलाई हुने छैन,’ ६ महिना १६ दिनअघि गृहमन्त्रीको पदभार ग्रहण गरेपछिको पहिलो सम्बोधनको क्रममा गृहमन्त्री शक्ति बस्नेतले भनेका थिए । ६ महिना लामो अवधिमा उनको सम्बोधनको यही वाक्यांश स्वयंम मन्त्री बस्नेतलाई सोध्ने बेला आएको छ ।
गृहप्रशासनको नीतिगत सुधार, चुस्तता, गतिशिलता र कतिपय परिस्थितीको ठोस विश्लेषणमा उनी चुकेका छन् । भलै, बस्नेत इमान्दार छवि भएका राजनीतिज्ञ हुन् । युवा राजनीतिज्ञ, माओवादीको सैन्य पृष्ठभूमी यावत कारणले उनीबाट गृहप्रशासनले गतिशिलताको अपेक्षा गरेको थियो । तर, त्यसो हुन सकेन् । यसमा उनका कतिपय आफ्नै बाध्यताहरु होलान् तर एउटा पत्रकारको आ“खाबाट हेर्दा मलाई त्यो अनुभूति भएको छ ।
गृहमन्त्रीले काम गर्न नसकेको भनेर पार्टीभित्र र बाहिर तीब्र आलोचना भइरहेको छ । यसमा केही आंशिक सत्यता भएपनि यो पूर्ण सत्य भने होइन् । हाम्रो मुलुकमा विद्यमान आफ्नो काम हु“दा र मन्त्री अनुकूल रह“दासम्म प्रशंसा गरेर नथाक्ने तर कुरा नमिल्दा ‘धारे हात हान्ने’ संस्कार बस्नेतका सन्दर्भमा पनि लागु भएको छ ।

अझ प्रगतिशील एजेण्डा बोकेको कम्युनिष्ट पार्टी एमाओवादीमा त यो रोग भयानक देखिन्छ । कतिसम्म भने सरकार सञ्चालनका लागि गठित समितिका प्रमुख नारायणकाजी श्रेष्ठहरुले क्याबिनेटमा आफ्नो काम कारवाहीलाई चुस्त बनाउन दिमाग खियाउनुको साटो उल्टै निकटस्थहरुस“ग ‘कोठे गफ’मा मन्त्रीलाई धारे हात हान्न मै ब्यस्त हुने गरेका छन् । मुद्धा र कामका आधारमा आलोचना र विरोध गर्ने परिपाटीको निधन भइसकेको जस्तो देखिने एमाओवादीभित्र रचनात्मक आलोचनाको जनवादी पद्धति सुरु गर्नु पनि ठूलो चुनौतीको विषय बनेको छ । नारायणकाजीहरुले भनेका व्यक्तिको सरुवा भए गृहमन्त्री ठीक सरुवा नभए मन्त्रीले आदेश नमानेको, काम गर्न नसकेकोजस्ता आरोपले के नागरिकप्रति बफादार रहने संस्कृति संरक्षण गर्ला ? के माओवादी मन्त्रीको साख जोगाउला ?
माओवादी पार्टीका अधिकाशं नेता कार्यकर्ता यतिवेला सत्तासीन दलजस्तो भन्दा पनि प्रतिपक्ष भूमिकामा देखिन्छन् । पार्टी र पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु सामूहिकतामा नचल्नु र चलाउने मापदण्डको निर्माण नगर्नु एमाओवादी पार्टीको नेतृत्वको कमजोरी पनि हो । तर, यति हु“दाहुदैं पनि पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुमाथि पार्टीका जिम्मेवार नेता कार्यकर्ताले ‘धारे हात हान्नु’ले गलत संस्कारको विकास भएको छ । मेरो विचारमा यदि चित्त नबुझे पार्टीमै आफ्ना विचारहरु राख्ने र कार्यकुशलता राम्रो नदेखिए पार्टीले नै त्यस्ता मन्त्रीहरुलाई फिर्ता गर्दा नै पार्टीको इज्जत जोगिन्छ । मन्त्रीहरुले पनि पार्टीबाट प्रतिनिधित्व गरेको मन्त्री हु“, पहिले देश र त्यसपछि पार्टीप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरा दिमागमा राख्नुपर्दछ ।
अहिले एमाओवादीभित्रैबाट गृहमन्त्री र आपूर्तिमन्त्रीमाथि अनेक खालका लाञ्छना लाउनुको पछाडि अनेक कारणहरु छन् । एमाओवादीले आफन्त र नातेदार राख्न नपाउने, स्वकिय सचिव पार्टीले नियुक्त गर्नेजस्ता क्रान्तिकारी निर्णय गरेर सुरुमै मन्त्रीहरुका हातखुट्टा बा“ध्ने काम ग¥यो । ठूला नेताहरुले आफू मन्त्री हु“दा आफन्त र नातेदार राखेर हुने नहुने काम गरेपनि आफू सरकारमा जान नपाउ“दा उनीहरुले अरुको हकमा विधीको नाममा मन्त्रीका विश्वासपात्रहरुलाई रोकेर उनीहरुको कामलाई सुरुमै प्रभावित पारियो । यसले मन्त्री त कमजोर भए नै उनीहरुले कुशल सहयोगीको टोलीसमेत निर्माण गर्न सकेनन् । यसको सिधा असर मन्त्रीको कामकारबाहीमा पर्न गयो ।
यो निर्णय अर्कोतिर विरोधाभाषपूर्ण पनि छ । किनभने, एकातिर आफन्त र स्वकीय सचिव पार्टीले राख्ने भन्ने अर्कोतिर शीर्ष नेताहरुले क्षमता र योग्यताका आधारमा स्वकिय सचिव पठाउनुपर्नेमा आफ्ना ज्वाइ“ र हनुमानहरुलाई नियुक्त गरेर मन्त्रीभन्दा पिए हावी बनाउने काम भयो । यतिमात्र होइन गृहमन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा, बढुवा र सञ्चालन मन्त्रालयबाट होइन केही नेताका घरबाट गर्न खोजियो । जसबाट –प्रहरी, शसस्त्र प्रहरी र गृह मन्त्रालयका कर्मचारी मन्त्रीस“ग होइन्, अन्ततिर नै लोयल हुने अवस्था सिर्जना गरियो ।
यसको ज्वलन्त उदाहरण हो—भ्रष्ट्राचारको आरोपमा निलम्बन परेका प्राविधिक शसस्त्र प्रहरी प्रमुख कोषराज वन्तको भूमिका । गृह मन्त्रालयमा मन्त्रीभन्दा वन्तको भुमिका एक समय बढी थियो । कतिसम्म भने वन्तले सचिवको सरुवा गर्ने र नया“ सचिव ल्याउने हैसियत बनाए र माओवादीको पार्टी नेतृत्वले पनि तिनै भ्रष्ट वन्तको गतिविधी रुचायो । उनले मन्त्रीसम्म हटाउन सक्ने आफ्नो तागत रहेको भन्दै मन्त्रीमाथि मनोवैज्ञानिक रुपमा निरन्तर दबाव बढाइरहे । पार्टी नेतृत्व पनि वन्तजस्ता भ्रष्टहरुको गुमराहमै रमाइरह्यो ।
रोचक त के भने भ्रष्टाचारको आरोपमा वन्त निलम्वन भइसक्दा पनि उनलाई बचाउने नाममा पार्टी नेतृत्व मन्त्रीलाई लिएर प्रधानमन्त्री कार्यालय धाउने काम भयो । भ्रष्टलाई जोगाउन यतिसम्म प्रयास गर्ने कुराले आम नागरिकमा पार्टीको नैतिक पक्षमाथि प्रश्न खडा भयो । सरुवा–बढुवास“ग सम्बन्धित विषयहरु फेरहिस्त लामै छ ।
अर्कोतर्फ, गृहमन्त्री बस्नेत यस्तो बेला गृहमन्त्रीमा बनेका थिए, जतिबेला भारतको आर्थिक नाकाबन्दीले उत्पन्न गरेका समस्याबाट सारा नेपाल आक्रान्त थियो । संविधान कार्यान्वयनको चुनौती पनि त्यत्तिकै छ । तराईमा मधेशवादी दलहरुको आन्दोलन र टिकापुर घटनाले राज्यको मनोवल गिरेको अवस्थामा पार्टीका हाई प्रोइफल नेताहरु कृष्णबहादुर महरा र टोपबहादुर रायामाझीलाई उछिन्दै उनि गृहमन्त्री भएका थिए । बस्नेतलाई पार्टीभित्रै ठूलो असहयोग छ । उनीस“ग मन्त्रालय चलाउने गतिलो टिम छैन । जसले गर्दा गृहमन्त्रीले छिटो छरितो र देख्खिने गरी काम गर्न सकेका छैनन । गृहमन्त्री भएको करिव ६ महिना वित्दा पनि गृहमन्त्रीको भूमिकाबारे प्रश्न उठ्नु उनीजस्तो भविष्य भएको युवा नेताको लागि पक्कै सुखद् विषय होइन् ।
युवा पुस्ताका एक आशा लाग्दा नेता बस्नेत आर्थिक मात्र होइन नैतिक हिसावले पनि स्वच्छ छवि भएका नेताका रुपमा चिनिन्छन् । गृहमन्त्रीले चिनमा भूकम्प पीडितलाई पठाउने विषयमा सिर्जना भएको विवादबाहेक अन्य विषयमा उनी विवादमा तानिएका छैनन् । त्यसमा उनीभन्दा उनी निकट उनका पारिवारिक सदस्य र उनको निजी सचिवालयको दोष छ । तर, चाइना प्रकरण मिडियामा आएजस्तो भने होइन ।
भूकम्प प्रभावित क्षेत्रका युवा युवतीलाई अध्ययन भ्रमणको लागी चीन घुमाउने कार्यक्रममा उनका छोरीहरु र आफन्त टिममा पर्नु मन्त्रीको दोष होला तर,भुकम्प प्रभावित क्षेत्रमा उनिहरुले गरेको योगदानको कसैले अवमुल्यन् गर्न मिल्दैन । मन्त्री वस्नेतका छोरीहरुले भैसेपाटी र खोकनामा स्कुल निर्माणका साथै उद्दार प्रक्रियाका रात दिन खटेको कुरालाई अवमुल्यन भयो भने त्यो अपराध ठहर्छ ।
गृहमन्त्री भन्ने पद विवादरहित हुने परिकल्पना गर्नु आफैमा गलत हो । तर, यो अवधिमा बस्नेतले आर्थिक पक्षमा पारदर्शिता अपनाउनु र विवादमा नतानिनुलाई नै उनको ठूलो सम्पत्ति मान्न सकिन्छ । विगतमा गृहमन्त्री भएकाहरु आर्थीक मामिलामा विवादमा तानिने र प्रणाली मिचेर जथाभावी गरेको आरोप लाग्ने गरेको भएपनि मन्त्री बस्नेतले भने त्यसवाट आफुलाई बचाएका छन् ।
गृहअन्र्तगतका कर्मचारीहरुको मन्त्रीमाथी एउटै आरोप छ, काम धेरै सोचेर,सम्झेर गर्ने हुदा अलि ढिलासुस्ती हुने गरेको छ । गृहमन्त्रालयमा ‘क्विक डिसिजन ’ गर्नुपर्ने र परिस्थीतिअनुसार छिटो कदम चाल्नुपर्ने भएकाले आफ्नो कार्यशैलिमा मन्त्रीले सुधार ल्याउनुपर्ने देखिन्छ । गृहमन्त्री वस्नेत कतिपय वेला ठुला नेताहरुको चेपुवामा पर्ने गरेका छन् । जसले गर्दा उनले नगरेको र नचाहेको कुरा वाहिर गलत ढंगले आउने गरेको छ । मन्त्रीको हात खुट्टा वाध्ने,हुने नहुने काम गर्न मन्त्रीलाई दवाव दिने अनि मन्त्रीको कार्यक्षमता राम्रो हुनुपर्छ भन्ने अपेक्षा राख्ने यी सवै कुरा कसरी सम्भव हुन्छ यो कुरा आम जनताले वुझ्न आवश्यक छ ।
छोटो समय स्वास्थ्यमन्त्री भइसकेका बस्नेतका विषयमा त्यतिबेला पनि कुनै विवाद देखिएको थिएन । यतिसम्म कि स्वास्थ्य मन्त्रालयमा उनले नीतिगत सुधारको लागि छोटो समयमा धेरै काम सुरु गरेका थिए । तर, पछिल्लो समय गृहमन्त्री भएपछि उनले काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ । माओवादीमा छोटो समयमा उच्च जिम्मेवारी पाउनेमा वर्षमान् पुनपछि शक्तिबहादुर बस्नेत नै हुन् । तर, उनले आफूलाई श्रेष्ठ सावित गर्नुपर्नेमा अहिलेसम्म त्यसमा चुकिरहेका छन् । गृहमन्त्रीले धेरै राम्रो काम गर्न नसकेपनि नराम्रो भने गरेको देखिएको छैन् ।
गृहमन्त्रालयमा मन्त्री वस्नेतले गर्नुपर्ने धेरै काम छन् । नियमित सरुवा बढुवा जो मन्त्री ह“ुदा पनि नियमित हुने काम हुन् । तर, नीतिगत सुधारको काम उनीवाट अपेक्षित हो । देशभित्र बढ्दो बाह्रय हस्तक्षेप, सुरक्षा निकायको सरुवा बढुवामा हुने गरेको अनियमितता, र देशको तराई क्षेत्रमा थपिदै गरेको सुरक्षा चुनौतीलाई हल गर्ने खालको सुधारको नया“ योजनाबाट मुलुकले उनीजस्ता युवामन्त्रीबाट खोजेको सुधार हो । आलोचना, विरोध भन्ने कुरा सार्वजनिक पदमा पुगे भइनै हाल्छ । तर, पदमा रहुन्जेल केही नया“ काम गर्नेलाई साराले सम्झने छन् ।
(जनआस्थावाट)
















प्रतिक्रिया