३० आश्विन २०८३, शुक्रबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oliपोखरा, १ वैशाख । प्रधानमन्त्री केपी ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभयो ।

पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ ।
चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले सो विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताउनुभयो । उहाँले निर्धारित समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गर्नुभयो । विस्तृत समाचार अर्को बुलेटिनमा आउने छ । रासस