काठमाडौं, १ वैशाख । गत शनिबार राति ७ बजेर ५ मिनट जाँदा उपत्यकालाई नै केन्द्रबिन्दु बनाएर आइको भुइँचालोले नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाको खुसीयाली पार्टीमा भाँडभैलो मच्चाएको छ ।
बत्तीसपुतलीको अनुपम पार्टी प्यालेसमा खानपिन गर्दा जमिन हल्लिएपछि छेउमा बसेका उनै मीनेन्द्र रिजाल र कीर्तिपुरबाट प्रचण्डलाई हराउने राजन केसीलाई धकेल्दै टेबलको मदिारका गिलास र खानेकुरा भइँमा पोखेर महेन्द्र यादव कुलेलाम ठकेका थिए । उनी तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।
उनी साथीभाइले ‘ए केही हुँदैन, बस्नुस्, बस्नुस्’ भन्दाभन्दै खसिहाले पनि केही नहुने गरी चौरमा ठड्याइएको ट्रष्ट (छानो) मन्तिरिबाट पानीको फोहोरा भएतिर कुदेका थिए । भाग्ने प्रसंग त भयो, खेदिने अर्को सन्दर्भसमेत यही बेला जुरेको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
धर्मपाल, प्यारजंग र रुक्मांगदलाई समेत राण हाहको कित्तमा पारेर आफूलाई चाहिँ जनताको छोरा किटिएको आत्मकथा विमोचनको अन्तिम तयारी रहेका पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङकी बहिनी अर्थात पूर्व उपत्यका पृतनापति दमन घलेकी पत्नी कमललाई काठमाडौंको विजेश्वरीस्थित सेनाद्वारा छात्राहरुको निम्ति सञ्चालित स्कुलबाट हटाइएको छ ।
झण्डै झण्डै स्थापनाकालदेखि प्रिन्सिपलको हैसियतमा कठोर दुःख खेप्दै आएकी उनलाई नियमित अवकाशमा घर ाजने दिन भदौसम्म पनि नकुरी असक्षमको आरापमा सेवाबाट बर्खास्ती पूर्जी थमाइएको हो ।















प्रतिक्रिया