८ कार्तिक २०८३, आइतबार

देउवाले क–कसलाई पदाधिकारी र सदस्य बनाउँदै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, १ वैशाख । मनोनयन प्रक्रियाद्वारा पूर्ति गरिनुपर्ने नेपाली कांग्रेसको पदाधिकारी तथा केन्द्रीय सदस्यमा को–कसको चयन होला भन्ने जिज्ञासा सर्वत्र प्रकट भएको छ ।

रिक्त उपसभापतिमा खुमबहादुर खड्का र महामन्त्रीमा विमलेन्द्र निधिको चयान हुन सक्ने अनुमान महाधिवेशनको समयमा देखि नै हुँदै आएको हो । तर, कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको हैसियत प्राप्त गर्न धेरै नेताहरूले इच्छा जाहेर गरेकोले कसलाई के जिम्मेवारी प्राप्त हुने हो यकिन भइसकेको छैन । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।

गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिसमेत पार्टीको उपसभापति तथा पूर्णबहादुर खड्का र डा.प्रकाशशरण महत, महामन्त्री बन्न इच्छुक भएकोले विधान संशोधन गरेर महामन्त्री र उपसभापतिहरूको संख्या थप्नुपर्ने सुझाव पार्टीका नेताहरूले सभापति शेरबहादुर देउवालाई दिएका छन् । तर, विधान संशोधन गर्न महासमिति बैठक बस्नुपर्ने हुन्छ, जुन तत्काल सम्भव देखिएको छैन ।

वैशाखभित्रै कार्यसमितिलाई पूर्णता दिइएमा कुनै अन्यथा नभए उपसभपातिमा खुमबहादुर खड्का र महामन्त्रीमा विमलेन्द्र निधिको चयन हुनसक्ने सम्भावना बढी रहेको छ ।

त्यसपछि गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की मध्येबाट बनाइने सम्भावना छ ।

सभापति देउवामाथि संसदीय बोर्डमा रहन चाहने नेताहरूको दबाब पनि बढिरहेको छ । बोर्डमा जान दर्जन बढी नेताहरूले आकंक्षा देखाइ रहेका छन् ।