२५ कार्तिक २०८३, बुधबार

साँफे हाटबजारमा भीषण आगलागी, ११ पसल जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Achham ma Aagalagi– ललित केसी

अछाम, १ वैशाख । अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफे हाटबजारमा भीषण आगलागी भएको छ ।

मंगलबार राति करिब ९ बजेतिर लागेको आगोका कारण ११ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् । अरु पसललाई बचाउनका लागि थप ११ पसल भत्काएर आगो नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय साफेबगरले जनाएको छ ।

आगलागीबाट मयुर सिलाई सेन्टर, वुद्धिसिंह कुँवरको कपडा पसल, तरिक टेडर्स, वोरे हेअर कटिगं सेन्टर, वोहरा टेलरिङ, शैलेश मोवाइल ग्यालरी, दीपक कुवर तरकारी पसल, सगुन फोटो स्टुडियो, कालिका पोल्टीफर्म, सचिन टेडर्स, नासिर सिरक विस्तरा पसल पूर्ण रुपमा जलेका ईलाका प्रहरी कार्यालय साँफेवगरका असई रविन्द्र कुँवरले वताएका छन् ।

आगलागीवाट करोडौको क्षति भएका प्रारम्भीक अनुमान गरिएको छ । मयुर सिलाई सेन्टरवाट विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।