२५ कार्तिक २०८३, बुधबार

ओलीको विकल्प खोज्ने बेला भएको छैनः मन्त्री राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherdhan-Rai

– नरेश केसी
भैरहवा, ३० चैत । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले केपी ओलीको तत्काल बिकल्प खोज्ने बेला नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले भने “सत्ताको भोखमा रन्थनिएकाहरु, देशमा अशान्ति र अराजकता चाहनेहरु, संविधानको कार्यन्वयनमा असफलता चाहनेहरु र देशलाई अद्योगतितर्फ लैजान खोज्ने तत्वले सरकार परिवर्तनको कुरा निकालिरहेका छन् । यो अहिलेको समयको माग होइन ।”

सरकारले मधेस केन्द्रीत दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससंग वार्ता र सम्बाद गर्दै असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडी बढ्ने मन्त्री राईले बताए ।

सरकारका प्रवक्ता राइले बन्द हड्तालन र नाकाबन्दी जस्तो कठिन परिस्थीतिकाबीच गठन भएको केपी ओली नेतृवको सरकारको ६ महिने कार्यकाल पूर्णता सफल भएको विभिन्न उदाहरण पेश गर्दै प्रधानमन्त्री ओलीद्वारा भएको दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनको भ्रमण ऐतिहासिक तथा उपलब्धिमूलक भएको पनि बताए ।

प्रवक्ता राईले भने– ‘दुई छिमेकी देशको भ्रमणले छिमेकमा संविधानको विषयमा फैलाइएको भ्रमलाई प्रस्टाउन सफल भयो भने अर्कोतिर छिमेकी राष्ट्रको यो सरकारप्रति सधैं सहयोग र साथ रहेको प्रतिबद्धता पनि दोहोरीयो ।’ उनले सरकारको ६ महिने सफलताको कामको बारेमा प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ जनताको नाममा राष्ट्रिय सम्बोधनमार्फत प्रकाश पार्ने पनि जनाए ।

सन्चारमन्त्री राईले अगामी आर्थिक वर्षको बजेट पत्रकार र सन्चार क्षेत्रकोलागी पनि उदारमुखी हुने बताए । मन्त्री राइले भने “आगमी बजेटमा बरिष्ठ पत्रकार र पत्रकारिता क्षेत्रमा जीवन विताएका अग्रजहरुको जीवन वृत्तिकोलागी विशेष व्यवस्था गरिनेछ । त्यसकोलागी आमसन्चार नीति मार्फत सम्बोधन गर्ने तयारी भईरहेको छ ।”

उनले इतिहासमै पहिलो पटक बैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउन गइरहेको जनाउदैं श्रमजीवी पत्रकारिता ऐन अन्र्तगत पत्रकारलाई तलब तथा सुविधा दिनै पर्ने वातावरण सरकारले सृजना गर्न थालेको पनि दाबी गरे । मन्त्री राईले अनलाईन मिडियाहरुको व्यवस्थापन जरुरी रहेको जनाउदैं त्यसतर्फ पनि सरकारले गृहकार्य शुरु गरेको बताए ।