काठमाडौं, ३० चैत । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई २ वटा अत्याधुनिक ढुंगा सहयोग गरेको छ ।
मंगलबार उक्त ढुंगा चितवनस्थित श्री महेन्द्रदल गणमा एक बिशेष समारोहकाबीच अमेरिकी राजदूत अलाइना बी टेप्लिजले प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई हस्तान्तरण गरिन् ।
उक्त हस्तान्तरण कार्यक्रमको शुभारम्भमा ढुंगाको अवलोकन गरिएको थियो भने श्री नं.२ विपद् व्यवस्थापन गणका गणपति प्रमुख सेनानी निर्मल ज्योती ढुङ्गानाले स्वागत मन्तव्य राख्दै अमेरिकी सरकारको यस प्रकारको सहयोगबाट नेपाली सेनाको विपद् व्यवस्थापन क्षमतामा अभिबृद्धि हुने बताएका थिए ।

कार्यक्रममा अमेरिकी राजदूत टेप्लिजले नेपाली सेना विपद् व्यवस्थापनको लागि एक भरपर्दो र बिश्वासिलो संस्था भएको तथा मित्रराष्ट्र अमेरिकाले नेपाली जनताको सुरक्षाको लागि नेपाली सेनासँग सहयात्री भई संयुक्त रुपमा काम गर्न पाएकोमा गर्व महशुस गरेको बताइन् । प्राकृतिक प्रकोपमध्ये वर्षयाममा बाढीबाट हुने गरेको धनजनको क्षतिको पूर्व अनुभवको तथ्यांकगत आधारमा सोको न्युनिकरणको लागि ढुंगा प्रभावकारी हुने भन्दै विपद् व्यवस्थापनमा यस प्रकारको सहयोगले नेपाली सेनालाई थप मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

उक्त अवसरमा प्रधान सेनापति क्षत्रीले नव वर्ष २०७३ को शुभकामना दिँदै यस प्रकारको सहयोगले विपद् व्यवस्थापनमा नेपाली सेनाको कार्यदक्षता अभिबृद्धि गर्न थप मद्दत पुग्नुको साथै निरन्तर सहयोगको लागि अमेरिकी सरकार र यूस प्याकमप्रति कृतज्ञता व्यक्त गरे ।

यस किसिमको सहयोगले नेपाली सेनाको उद्धार कार्यमा थप मद्धत पुग्नुको साथै दुई देशबीचकोे द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द, युएसएड मिसन तथा युस एड डीआर ४ का निर्देशक, रक्षा मन्त्रालयका सह–सचिव, अमेरिकी सैनिक सहचारी लगायत नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।













प्रतिक्रिया