– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, ३० चैत्र । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने हल्ला निराधार र आधारहीन भएको बताएका छन् । उनले वर्तमान सरकारले नै स्थानीय निकायको निर्वाचन गराउने समेत दावी गरेका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले मंगलबार बिहान भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले संविधानको बारेमा तराई–मधेशका साथसाथै छिमेकी मुलुक भारतमा समेत गलत अपहाव र भ्रम मात्र फैलाउने काम भएको बताए । उनले अब सरकारले नेपाली कांग्रेस र तराई केन्द्रीत दलहरुसंग वार्ता गरेर सीमाङ्कनको विषय संविधान संशोधन मार्फत टुँग्याई स्थानिय निकायको निर्वाचन गराउने बताए ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला पारवाहन लगायतका महत्वपुर्ण सम्झौता चीनसंग भएकाले भ्रमण निकै उपलब्धिमुलक भएको बताए । “आम सञ्चार नीति ल्याइ मुल सञ्चार नीतिबाट सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउने प्रकियामा छौं”–राईको भनाई छ । अनलाइन मिडियालाई थप प्रभावकारी बनाइने, मिडिया क्षेत्रको लागि निश्चित मापदण्ड ल्याइने, सञ्चार संग्रहालय निमार्ण गर्ने लगायतका काम अगाडि बढाउने योजनामा आफू रहेको बताउँदै राष्ट्रिय पत्रकारिता दिवस यही वैशाख २४ गते मनाइने पनि उनले जानकारी दिए ।












प्रतिक्रिया