२५ कार्तिक २०८३, बुधबार

समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Oli

काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी दुःख व्यक्त गर्नुभएको छ ।

भारतको केरला राज्यको पुत्तिङल मन्दिरमा आगलागी भई ठूलो संख्यामा जनधनको क्षति भएकोमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नु भएको हो ।

ओलीले मंगलबार विहान भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गर्नुभई केरला घटनाप्रति आफू र नेपाल सरकारका तर्फबाट दुःख व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

त्यसअवसरमा प्रधानमन्त्रीले उक्त घटनाबाट नेपाल सरकार मर्माहत भएको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो । प्रधानमन्त्रीले घटनामा परी दिवंगत हुनुभएका भारतीय नागरिकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजन र आफन्तजनहरुप्रति भारतका प्रधानमन्त्री मोदीमार्फत हार्दिक समबेदना प्रकट गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले खोटाङमा आज यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परेकाहरुको चाँडो भन्दा चाँडो उद्धार गर्न र घाइतेहरुको उपचार गर्न स्थानीय प्रशासनलाई निर्देशन पनि दिनुभएको छ ।