– नरेश केसी
भैरहवा, २९ चैत । सुन्दर भविष्य खोज्दै हिडेका विद्यार्थीहरुको अविभावकत्व प्रदान गरेको फ्युचरलाइट इंग्लीस बोडिंग हाई स्कुल बसडिलवा भैरहवाले एक कार्यक्रमकाबीच एसएलसी परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई गरेको छ ।
विद्यालयका संस्थापक प्राचार्य गम्भिर गुरुंगको अध्यक्षतामा भएको कार्यक्रममा १७ जना विद्यार्थीहरुलाई सम्मानकासाथ विदाई गरेको हो । अध्यक्ष गुरुंगले भने ‘एसएलसी दिएकाहरुको सम्मानमा आयोजित कार्यक्रम हो । यसले विद्यार्थी विद्यार्थीबीच र नगरमा रहेका शिक्षासंग सरोकारीत व्यक्तित्व र विद्यालयका शिक्षक कर्मचारीबीच आत्मियता र सामिप्यता कायम राख्न भूमिका खेलेको छ ।’
विक्रम सम्बत २०५२ सालमा स्थापना भएको उक्त विद्यालयमा साढे ६ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जिल्लामै बोडिंग स्कुलको क्षेत्रमा सबैभन्दा धेरै नि:शुल्क छात्रावृति पनि सायद फ्युचरलाइटले नै प्रदान गरेको देखिन्छ । विद्यालयको एमडि सन्ध्या गुरुंगका अनुसार अहिले ८० जना विद्यार्थिहरुलाई छात्रवृति प्रदान गरिएको छ ।
वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका बालबालिका, गरिब तथा जेहेन्दार विद्यार्थिहरुलाई छात्रावृति दिएको सो विद्यालयमा नियमित रुपमा दक्षिण कोरियन स्वयंसेवक शिक्षकहरुले कोरियन तौरतरिका मार्फत अन्तराष्ट्रिय स्तरको शिक्षा पनि प्रदान गरिरहेका छन् ।
विद्यार्थीहरुको भविष्यलाई सुरक्षीत गर्ने ढंगले व्यवहारीक र सैद्धान्तीक दुबै शिक्षालाई बढी जोडतोडका साथ अगाडी बढाइएको उक्त विद्यालयका विद्यार्थीको विदाई कार्यक्रममा रुपन्देहीका शिक्षा क्षेत्रका अगुवा भास्करानन्द शर्मा, खड्क बहादुर गुरुंग, प्राज्ञ बूंद राना, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, रासस लुम्बिनी अन्चल प्रमुख भरत केसी लगायतको आतिथ्यता रहेको विद्यालयका प्राचार्य कौशलराज गौतमले जानकारी दिए ।












प्रतिक्रिया