२५ कार्तिक २०८३, बुधबार

१६ यात्रु बोकेको नेपाल एयरलाइन्सको बिमान ठूलो दुर्घटनाबाट जोगियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Airlines

काठमाडौँ, २९ चैत । जुम्लाबाट नेपालगञ्जका लागि उड्नै लागेको नेपाल एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

जुम्लाबाट १६ यात्रु बोकेर उड्न लाग्दा ९ एनएवियु कलसाईन विमानको नोज ल्याण्डिङ गेयरको स्टेयरिंग तार चुडिन पुगेको थियो । तत्कालै पाइलटले विमान रोकेर दुर्घटनाबाट जोगाउन सफल भएका हुन् ।

विमानमा रहेका सबै सकुशल रहेको र जहाजलाई विमानस्थलको एक कुनामा थन्क्याएर प्राविधिकहरुले मर्मत गरिरहेको जुम्ला प्रहरीले जनाएको छ ।

उक्त विमानलाई जेके निरौलाको चालक दलले उडाएको थियो ।