हेटौडा, २९ चैत । नेपाली कांग्रेसका युवा नेता गगन थापाको जादु (लोकप्रियता) मकवानपुर जिल्लामा पनि देखिएको छ ।
काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय गगनको क्रेज मकवानपुरको थाहा नगरमा प्रष्ट रुपमा देखिएको छ । त्यहाँको नगर कांग्रेसद्धारा आयोजित एक कार्यक्रममा उनले भाषण गरेपछि पार्टी प्रवेश गर्नेहरुको लहरै लाग्यो ।
उनले एकै दिन २३६ जनालाई कांग्रेसमा प्रवेश गराएपछि त्यहाँका स्थानीय नेताहरु दंग परेका छन् । थाहा नगरमा भएको कार्यक्रममा एमाओवादी, एमाले तथा राप्रपा परित्याग गरी २३६ जना काँग्रेसमा आएका हुन् । उनीहरुलाई थापाले स्वागत गरेका थिए ।

उक्त नगरमा एकैपटक २३६ जना पार्टी प्रवेश गरेको यो पहिलोपटक भएको कांग्रेस नेता रघुरमण न्यौपानेले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गगनले काँग्रेस हुनुमा गर्व गर्दे सकारात्मक कार्यको लागि अगाडी बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । अबको दिनमा बिकासमा जोड दिदै अहिलेका उपलब्धिहरुलाई रक्षा गर्दे अघि बढे काँग्रेसलाई सबैतिर विजयी हुन कसैले छेक्न नसक्ने उनको भनाई थियो ।













प्रतिक्रिया