१८ कार्तिक २०८३, बुधबार

आयुर्वेदको अनुसन्धानमा राष्ट्रपतिको जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Bidhya Devi Bhandari

काठमाडौँ, २९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद चिकित्सा पद्धतिलाई अध्ययन अनुसन्धान गरी प्रवद्र्धन गर्न सके अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सकिने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को रजत जयन्तीका अवसरमा आज यहाँ आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले अनुसन्धानबाट स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिलाई सामाजिक सम्पदाका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

“संविधानसभाबाट जारी भएको संविधानमा सबै नागरिकलाई आधारभूत स्वास्थ्य सुविधा निःशुल्क रुपमा दिने व्यवस्था गरिएको छ, भौगोलिक विविधता, यातायातको असुविधा लगायत समस्याका बाबजुद गाउँ गाउँसम्म जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याइनुपर्छ”, उहाँले भन्नुभयो । संयुक्त राष्ट्र सङ्घले तय गरेको स्वास्थ्यसम्बन्धी सहस्राब्दी लक्ष्य हासिल भए पनि नेपाली महिलाको स्वास्थ्यमा अझै गुणात्मक सुधार हुन नसकेकामा उहाँले चिन्ता प्रकट गर्नुभयो ।

सो अवसरमा स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्य अनुसन्धान परिषद् र नेपाल कृषि अनुसन्धान परिषद् मिलेर खानेकुरामा मिसावट भइरहेको विषयलाई अनुसन्धान गरी सही तथ्य सार्वजनिक गरिनुपर्ने औँल्याउनुभयो । “खानेकुरामा भएको मिसावटले धेरै रोग निम्तिएको चिकित्सकको परीक्षणबाट देखिएको छ, यसैले अब यससम्बन्धी अनुसन्धान गरी ठोस तथ्य बाहिर ल्याएर उपयुक्त कदम नचाले जनताको स्वास्थ्य अवस्था सुधार्न सकिन्न, यसलाई सरकारले आवश्यक सहयोग गर्छ” – उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले हाल वार्षिक रुपमा छ प्रतिशत मात्र स्वास्थ्य बजेट छुट्याइएकामा आगामी आवदेखि आठ प्रतिशत पु¥याउन लागिएको जानकारी गराउनुभयो । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा सेनेन्द्रराज उप्रेती, स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा कृष्णप्रसाद अधिकारी र सदस्य सचिव डा खेमबहादुर कार्कीले स्वास्थ्य अनुसन्धानमा बजेट बढाइनुपर्ने माग गर्नुभयो ।

मङ्गलबारसम्म चल्ने सम्मेलनमा ७०० वैज्ञानिकको सहभागिता रहने र ३०० अनुसन्धान प्रस्तुत गरिने बताइएको छ । रासस