८ कार्तिक २०८३, आइतबार

हतियार उचाल्ने विप्लवको सपना चकनाचुर ! चीनले दिएन साथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौं । माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै पुनः सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव माओवादी विभाजन भएको झन्डै २ वर्ष हुनै लाग्यो ।

योबीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर धेरै हल्लीखल्ली गरियो । तर, योबीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर अपुष्ट खबर सुन्नुबाहेक उसका खासै गतिविधि देख्न र सुन्नमा आएको छैन । आखिर विप्लवले गर्ने भनेको सशस्त्र युद्धको तयारी कहाँ पुग्यो रु के उसले साँच्चै सशस्त्र युद्ध गर्दैछ रु आम मानिसले यस्ता अनेक प्रश्न उब्जाइरहेका बेला विप्लव माओवादीले गर्ने भनिएको सशस्त्र युद्ध सुरु हुनु अगावंै पार्टीमा किचलो बढेको र सशस्त्र युद्धको कुरा तुहिने स्थितिमै पुगेको खबर छ ।

विश्वस्त स्रोतका अनुसार, विप्लव माओवादीले सशस्त्र युद्धका लागि अनुकूल परिस्थिति सिर्जना गर्न त सकेको छैन नै यसका लागि व्यवस्थापन गर्न पनि सकेको छैन । महत्वपूर्ण कुरा के छ भने विप्लवले सशस्त्र युद्धका लागि आवश्यक पर्ने हतियारका लागि एक वर्षदेखि प्रयास गरिरहे पनि अझै गर्न सकेको छैन । उसले हतियार खरीदका लागि पटकपटक गरेका प्रयत्न र प्रयास दुवै विफल हुन पुगेको विश्वस्त स्रोतको दाबी छ । स्रोतका अनुसार, विप्लव माओवादीले चीनबाट हतियार ल्याउनका लागि दोस्रोपटक गरेको प्रयास पनि असफल भएको छ । पहिलोपटक विप्लव माओवादीले चीनका व्यापारीसँग हतियार खरीद गर्न लागेको कुरा चुहिएर चीन सरकार समक्ष पुगेपछि तुहिएको थियो । प

छि चीन सरकारले यसबारे एमाओवादीलाई पत्र नै लेखेर ‘के नेपालमा संविधान जारी पछिको अहिलेको अवस्थामा हतियार चाहिएको हो रु’ भनेर जिज्ञासा राख्दै पत्र पठाएको थियो । यसबारे एमाओवादीमा विप्लव माओवादीलाई कसरी हेर्ने भन्ने बहस नै सुरु भएको थियो । स्रोतका अनुसार, चीनसँग पहिलोपटक हतियार खरिद गर्न असफल भएपछि विप्लवले आफ्नै हेर्डक्वार्टरका सुदीप मल्ललाई हतियार खरिदका लागि चीन पठाए पनि उनी पनि असफल भएर फर्किएको खबर छ ।

‘चीनबाट हतियार ल्याउन पटक-पटक विप्लव माओवादीले प्रयास गरे पनि ऊ असफल भएको छ,’ स्रोतले भन्यो, ‘हतियारको गलफत्ती हल गर्न नसकेपछि विप्लव माओवादीमा समस्या खडा भएको छ । साँघु साप्ताहिकमा खबर छ ।