
नयाँदिल्ली, २९ चैत ।
मधेसीको विषय हल हुँदै गएको छ, तर नेपाल र भातबीचको असमझदारी अझै हटेन नी ?
– निश्चय पनि नेपालको संविधानमा भारतको चाँसो छ । त्यो चासो मधेसीले उठाएका मागसँग सम्बन्धित छ । संविधान जारी हुनुअघि विदेशसचिव एस जयशंकर नेपालमा गएर भनेका थिए, मधेसीलाई समेटेर संविधान जारी गर्नुस् । उनले हिन्दूराष्ट्रको त कुरै गरेनन् । असमझदारी दुई तहमा छ । एउटा जनताको तहमा, अर्को सरकारको तहमा । मधेसीको विषयलाई लिएर दुई सरकारबीच असमझदारी छ । जनताबीच चाहिँ नाकाबन्दीका कारण असमझदारी छ । जनताबीच नाकाबन्दी किन भयो ? कसले गर्यो भारतले कि मधेसीले ? यो सबै जान्छन् कि भारतको इसाराविना नाकाबन्दी सफल हुदैनथ्यो । नाकाबन्दी भारतको इसारामै भएको हो ।
(नयाँ पत्रिकामा प्रकाशित भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताको अन्तर्वार्ताबाट)















प्रतिक्रिया