८ कार्तिक २०८३, आइतबार

बालुवाटारमा खतराको घण्टी, बुढानिलकण्ठमा खुशियाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Oliकाठमाडौं, २९ चैत । नेपालका राजनीतिक दलका नेताले गर्ने हरेक जसो नयाँ दिल्ली भ्रमणलाई प्राय : अर्थपूर्ण रुपमा हेर्ने र नियाल्ने गरिएको छ ।

 नयाँ दिल्ली भ्रमणपछि देशको राजनीतिमा त्यसको साइड इफेक्ट टड्कारो रुपमा परिहाल्ने नजिर स्थापित हुँदै आएकाले पनि दलका त्यस्ता नयाँ दिल्ली भ्रमणहरुले विशेष अर्थ बोक्ने गरेका छन् र आम रुपमा यसलाई चासोपूर्वक नियाल्ने गरिएको छ ।

तर, योपटक कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको भ्रमण गर्ने खबर प्रकाशमा आएपछि यसलाई फरक आँखाले हेरिएको छ र यो खबरले नेपाली राजनीति बेस्सरी गर्माएको छ ।

कतिसम्म भने देउवाको नयाँ दिल्ली भ्रमण हुने भएपछि यसलाई प्रधानमन्त्री निवास बालुवाटारले खतराको घण्टीका रुपमा विश्लेषण गरिसकेको छ भने सानेपा र बुढानिलकण्ठ दरबारमा खुशियाली छाएको छ । साँघु साप्ताहिकमा खबर छ ।