१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीका कारण न्याम्समा पदाधिकारी नियुक्तीमा ढिलाईः स्वास्थ्यमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khagraj-adhikari

काठमाडौँ, १६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा प्रधानमन्त्रीको कारण पदाधिकारी नियुक्ती हुन नसकेको आरोप लगाउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सिफारिश समितिले उपकुलपतिका लागि तोकिएकै समयभित्र कानुन सम्बद्ध ढंगले नाम सिफारिश गरेता पनि प्रधानमन्त्री सुशिल कोइरालाले अनुमोदन नगर्दा पदाधिकारी नियुक्तीमा ढिलाई भएको आरोप लगाउनु भएको हो ।

‘सिफारिश समितिमा म सहकुलपतिको हैसियतले पदेन सदस्य र प्रधानमन्त्रीले तोकेका दुई जना सदस्य सहितको समितिले गरेको सिफारिशलाई अनुमोदन नगर्दा म आश्चर्यमा परेको छु,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले किन अनुमोदन गर्नुभएन भन्नेवारे म आफैँ बेखवर छु ।’

उपकुलपती नियुक्ती भएको दुई दिनभित्रै सवै पदाधिकारीको नियुक्ती गर्ने समेत दाबी गर्नुभयो । वीर अस्पतालमा चिकित्कहरुले गरेको हड्तालको त्यसैको कारण भएको उहाँको भनाइृ थियो ।

उहाँले आन्दोलन गरिरहेका चिकित्कहरुको माग पूरा तयार रहेको पनि बताउनु भयो । ‘त्यसका लागि मैले तत्काल सिटि स्क्यान र एमआरआई खरिद गर्न निर्देशन दिसकेको छु,’ उहाँले भन्नुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आँफैमा स्वायत्त निकाय भएको बताउँदै उहाँले सहमती र सहकार्यमा नै माँगको व्यवहारिक पक्षबाट समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।