काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नी पत्नी आरजुसँग छिट्टै भारतको राजधानी नयाँदिल्ली जाने तयारी गरेका छन् ।
स्रोतका अनुसार पत्नीको उपचार बहाना बनाएर नयाँदिल्ली जान लागेका देउवाले भारतीय प्रधानमनत्री नरेन्द्र मोदीसँग भेटका लागि दूत परिचालन गरेपनि अहिलेसम्म भेटको समय टुङ्गो लागेको छैन ।
सभापति देउवा वैशाख ७ गते नयाँदिल्ली प्रस्थान गरेर वैशाख १० गते काठमाडौं फिर्ताको मुड बनाएका छन् ।
देउवाले आफूसँगै साला भुषण राणालाई पनि सँगै लगेर जाने योजना बनाएको बुढानीलकण्ठ स्रोतको भनाइ छ । आरजुलाई खुट्टा सम्बन्धि समस्या रहेको एक कांग्रेसी नेताले बताए ।
सभापति देउवाले वैशाख ९ गते देउवाले भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई भेट्नेछन् ।












प्रतिक्रिया