२५ कार्तिक २०८३, बुधबार

अन्ततः सुशीला कार्की बन्ने भइन् पहिलो महिला प्रधानन्यायाधीश, नाम सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushila-karki-05-624x420

काठमाडौं, २८ चैत । नेपालको इतिहासमै सुशीला कार्की पहिलो महिला प्रधानमन्यायाधीश बन्ने भएकी छिन् ।

त्यसका लागि आइतबार संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको छ । परिषदको आइतबार साँझ बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

यसअघि आज विहान विरामी भएर सभामुख ओनसरी घर्ती अस्पताल भर्ना हुँदा परिषदले कार्कीको नाम सिफारिस गर्न सकेको थिएन् ।

स्रोतका अनुसार वैशाख १ देखि हालका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनिवार्य अवकाश पाउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालै पुगेर सभामुखको सहमतिमा साँझ परिषदले कार्कीको नाम सिफारिस गरेको हो ।

विरामी भएका सभामुखलाई भेटन् प्रधानमन्त्री ओली सुमेरु अस्पताल पुगेका थिए ।