१ कार्तिक २०८३, आइतबार

लेखा समितिको सभापतिमा शर्मा, कांग्रेस–एमालेले दिएनन् उम्मेदवारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-shrma

काठमाडौँ, १६ साउन । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापतिमा एमाओवादी सभासद जनार्दन शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।

संसदको शक्तिशाली समिति लेखाको सभापतिका लागि शर्माको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनु भएको हो ।

बिहीबार लेखा समितिको सभापतिमा शर्माको मात्र उम्मेदवारी परेको थियो । सभापतिका लागि बिहीबार बेलुकी ५ बजेसम्मको समय तय गरिएको थियो ।

लेखा समितिको सभापति सामान्यतः प्रमुख विपक्षी दललाई दिने प्रचलन रहेकाले कांग्रेस र एमालेले दावी नगरेकाले शर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

शर्माको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा एमाओवादीका डोरप्रसाद उपाध्याय हुनुहुन्थ्यो ।

शर्मालाई शुक्रबार औपचारिक रुपमा सभापति चयन गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले शुक्रबार नै शपथ गराउनुभयो ।

शर्मा निर्वाचित भएपछि सार्वजनिक लेखा समतिको बैठक शर्माको सभापतित्वमा शुक्रबार नै बसेको व्यवस्थापिका संसद सचिवालयले जानकारी दिएको छ ।