काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दिल्ली यात्राबारे मुख खोलेका छन् ।
वैशाख ६ गते भारतको राजधानी नयाँदिल्ली यात्रामा निस्किन लागेका देउवाले पत्नी आरजु राणा देउवाको स्वास्थ्य उपचारका लागि आफू दिल्ली जान लागेको बताए ।
कम्मर र थाईबीचको हाड जोर्नीको समस्याबाट पीडित देउवा पत्नी एवं सांसद आरजुको दिल्लीस्थित गुडगाउँ अस्पतालमा शल्यक्रिया हुन लागेकाले आफू दिल्ली जान लागेको देउवाको भनाई छ ।
उनले दिल्लीमा धेरै दिन नबस्ने भन्दै राजनीतिक भेटघाट पनि नहुने बताए । ‘विशुद्ध उपचारका म दिल्ली जान लागेको हो । बढीमा चार दिन लाग्नेछ, आरजुको अप्रेशन भएलगत्तै फर्किन्छु’ उनले भने ।












प्रतिक्रिया