८ कार्तिक २०८३, आइतबार

यसवर्ष कोरियाले ६३ प्रतिशत नेपाली कामदार कटौती गर्यो, कति लग्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korea-Seoul-city

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जान लिइने सातौं भाषा परीक्षामा करिब ३१ सय नेपाली युवालाई उत्तीर्ण गराइने भएको छ ।

यो संख्या गत वर्षको भन्दा झन्डै ६३ प्रतिशत कम हो ।

गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरियाको मानव संशाधन विकासले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यो कोटाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका युवालाई भने निराश बनाएको छ । कारोबार दैनिकमा खबर छ ।