२५ कार्तिक २०८३, बुधबार

बैद्यलाई विशेष महाधिवेशनबाट हटाउने तयारी, बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya NCP-Maobadiकाठमाडौं, २८ चैत । नेकपा माओवादी क्रान्तिकारीभित्रको बिबादले झन् उग्ररुप लिँदैछ । एमाओवादीसँगको पार्टी एकीकरणलाई लिएर माओवादी क्रान्तिकारीभित्रको बिबादले चर्को रुपलिँदै गएको हो ।

अध्यक्ष मोहन बैद्य यथाअवस्थामा एमाओवादीसँग तत्काल पार्टी एकता गर्ने पक्षमा छैनन् भने महासचिव रामबहादुर थापा छिटोभन्दा छिटो पार्टी एकीकरण गरेर जाने पक्षमा छन् ।

पार्टी एकीकरणका लागि दबाब दिन महासचिव थापाले केन्द्रीय सदस्यहरूको हस्ताक्षर अभियान चलाएपछि बिबादले झन् ठूलो रुप लिएको छ । थापा समूह विशेष महाधिवेशन बोलाएर अध्यक्ष बैद्यलाई कारबाही गरेर हटाउने सम्मको सोँचमा देखिएको छ ।

यो जानकारी थाहा पाएपछि अध्यक्ष बैद्यले एक महिनासम्मका लागि पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिदिएका छन् । कुल १ सय ९९ जना केन्द्रीय सदस्यमध्य १ सय ६६ जनाले बैठकमा धारणा राखेका थिए ।

थापा समूहले पार्टी एकताको पक्षमा भन्दै ६८ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहित अध्यक्ष वैद्यलाई ध्यानाकर्षण गराउने तयारी गरेको थाहा पाएपछि बैद्यले बैठक नै रोकिदिएका छन् ।

थापा समूहले अध्यक्ष बैद्य सारसंग्रहवादी तथा जडसुत्रवादी भएको आरोप लगाएको छ ।