२५ कार्तिक २०८३, बुधबार

एमालेको केन्द्रीय कमिटी बस्दै, अध्यक्षको प्रतिवदेनमा समूहगत छलफल हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meeting Baluwatarकाठमाडौं, २८ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक गतिविधि र सरकारको कामकारबाही लगायतका विषयमा छलफल गर्न सुरू भएको नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी मुख्लाय धुम्बाराहीमा बिहान एघार बजेबाट सुरू हुने बैठकमा अध्यक्ष केपी ओलीले पेश गर्नुभएको प्रस्तावमाथि छलफल हुनेछ ।

प्रधानमन्त्री समेत रहनुभएका ओलीले शनिबारको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

अध्यक्ष प्रतिवेदनमा छलफलका लागि समूह बनाइएको छ । समूहगत छलफलपछि समूहको नेताले अध्यक्षको प्रतिवेदनमाथि सुझावसहित धारणा राख्ने एमालेले जनाएको छ ।

शनिबारको बैठकमा केन्द्रीय कमिटीको बैठकमा पार्टी कार्यालयमा राख्न माग उठेपछि बैठक केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।