१ कार्तिक २०८३, शनिबार

दोश्रो ‘मि. फिटनेश फर्स्ट’ मिलन श्रेष्ठलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4काठमाडौं, २८ चैत । शारीरिक स्वस्थता मानवीय धन, शारीरिक सुगठन स्वस्थ तन भन्ने भावनालाई मूर्त रुप दिने उद्धेश्यले आयोजित “दोश्रोे मि. फिटनेश फर्स्ट शारीरिक सुगठन प्रतियोगिता” उपाधी ७५ केजी तौल समूहका मिलन श्रेष्ठले हासिल गरेका छन् ।

उनले नगद २० हजार सहित ब्यानेट र ट्रफी प्राप्त गरे । दोश्रो स्थानमा ७० केजीका ईश्वर शाही, तेश्रो स्थानमा ६० केजीका धर्मराज र चौथो स्थानमा ७५ केजी माथिका अमृत केसी भएका छन् । उनीहरु आआफ्नो तौल समूहमा प्रथम स्थान हात पार्दै ओभरअलको लागि छनोट भएका थिए ।

उनीहरुले ट्रफी प्रमाण पत्रका साथै क्रमश १५ हजार १० हजार र ५ हजार प्राप्त गरे ।

यस्तै प्रतियोगितामा वेष्ट काल्फको उपाधी च्याङवा तामाङ्गले र वेष्ट पोजरको उपाधी लाल बहादुर गुरुङ्गले प्राप्त गरे । उनीहरुले नगद ५ हजार प्राप्त गरे ।

तौल समूहमा ६० केजीमा सुरेन्द्र खत्री दोश्रो र जेनिश सुवेदी तेश्रो भए । ७० कजेीमा महेश्वर श्रेष्ठ दोश्रो र प्रशान्त श्रेष्ठ तेश्रो भए । ७५ केजीमा रुपक विक दोश्रो र अजय महर्जन तेश्रो भए । यस्तै ७५ केजी माथिको तौलमा नवराज गहतराज दोश्रो र लालबहादुर गुरुङ्ग तेश्रो भएका थिए ।

विजयी खेलाडीहरुलाई छैटौ विश्व शारीरिक सुगठनका रजत पदकधारी रुजेश शाहीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको अवसरमा आयोजक कमिटि फिटनेश फस्टले रजत पदकधारी रुजेश शाहीलाई पनि सम्मान गरेको थियो ।