रोल्पा, २८ चैत । जिल्ला प्राविधिक कार्यालय सल्यानले सडक मर्मत गर्न गरेको टेन्डर प्रक्रियामा अनियमितता भएको आशंका गर्दै सहमति जनाउन अस्वीकार गरेका रोल्पाका स्थानीय विकास अधिकारी (एलडीओ) को सरुवा भएको छ ।
एलडीओ गेहेन्द्रवहादुर डाँगीलार्इ स्थानीय विकास मन्त्रालयले फिर्ता बोलाएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
‘टेन्डरमा मैले हस्ताक्षर गर्न नचाहेपछि यो अवस्था आएको हो’, जिविसले आयोजना गरेको नियमित पत्रकार भेटघाटमा एलडीओ डाँगीले भने, ‘दण्डित हुनु पर्नेले पुरस्कार पाउँछन्, पुरस्कृत हुनु पर्नेले दण्ड पाउँछन् । मुलुकको प्रणाली कहिले सुध्रने हो ?’
उनको सरुवा दुई वर्ष नपुग्दै गरिएको हो । अघिल्लो चैतमा रोल्पा जिविसमा आएका उनको एक वर्षभित्रै सरुवा भएको हो ।















प्रतिक्रिया