१ कार्तिक २०८३, आइतबार

बाहुनलाई १५ वर्ष जेल हाल्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

don-ramesh-bahun

काठमाडौँ, १६ साउन । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धानमा सरकारी वकिलको कार्यालय काठमाडौले गुन्डानाइके रमेश बाहुनविरुद्ध लागू औषध अभियोगमा मुद्धा दायर गरेको छ ।

काठमाडौ जिल्ला अदालतमा दायर गरेको मुद्धामा नेपाली सेनाका भगौडा बाहुनविरुद्ध १५ वर्ष कैद सजाय माग गरिएको छ ।

गत ११ असारमा २४ दशमलव ४ ग्राम खैरो हेरोइन र पेस्तोल सहित बाहुन पक्राउ परेका थिए ।

लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ को २ अनुसार उनीविरुद्ध मुद्धा दायर गरिएको छ ।

२५ ग्रामदेखि सय ग्राम खैरो हेरोइन बरामद भएमा १५ वर्षसम्म कैद सजाय हुने लागुऔषध नियन्त्रण ऐनमा उल्लेख छ ।

बाहुन करिब एक दशकदेखि गुन्डागर्दी र जर्वजस्ती असुली धन्दा चलाउँदै आएका थिए ।

४ माघमा बाहुनलाई ललितपुरका मीनकृष्ण महर्जनलाई गोली हानेको अभियोग छ ।