– विकाश पराजुली
बुटवल, २७ चैत । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा शनिबार सम्पन्न प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटबल प्रतियोगिता–२०७२ को उपाधि घरेलु टिम सुनौलो संगम युवा क्लवले हात पारेको छ ।
शनिबार भएको फाईनल प्रतिस्पर्धामा विभागिय टिम त्रिभुवन आर्मीलार्ई ३–२ ले हराउँदै सुनौलो संगमले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल २–२ को बरावरी भएपछि थप गरिएको अतिरिक्त समयमा सुनौलोले थप एक गोल गर्दै घरेलु मैदानमा उपाधि रक्षा गर्यो ।
त्रिभुवन आर्मीका सुदिल राईले खेलको पाँचाँै मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल खाएपछि आक्रमक खेल प्रस्तुत गरेको सुनौलो संगमले खेलको २६ औं मिनेटमा आर्मीका गोलकिपर विकाश मल्ल अगाडि बढेको मौकामा दामोदर थापा क्षेत्रियले आर्कषक हेड गोल गर्दै टिमलाई १–१ को बरावरीमा पुराए । त्यस लगत्तै आर्मीका राजिव गुरुङले खेलको ३२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा लयमा रहेको सुनौलो संगमका लागि खेलको ७० औं मिनेटमा यलन थापाले गोल गर्दै टिमलाई २–२ को बरावरीमा पुराए । निर्धारित समयको खेल २÷२ को बरावरी भएपछि थप गरिएको अतिरिक्त १४ मिनेटमो पहिलो मिनेटमानै सुनौलो संगमका लागि सुरज हमालले गोल गर्दै टिमलाई अग्रता दिलाए र बाँकी समय आर्मीले गोल गर्न सकेन र सुनौलो संगम युवा क्लव बुटवलले ३–२ ले हराउँदै उपाधि रक्षा ग¥यो । उपाधि विजेता सुनौलो संगम युवा क्लवले ३ लाख ३ हजार ३ सय १३ रुपैया सहित कप, मेडल र प्रमाण पत्र हात पा¥यो भने उपविजेत ाबनेको त्रिभुवन आर्मीले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
प्रतियोगितामा म्यान अफ द म्याच आर्मीका विकास मल्ल घोषित भए । त्यस्तै हाई गोल स्कोरमा आर्मीमा राजिव गुरुङ, वेष्ट कोचमा सुनौलो संगमका भानु थापा, बेष्ट गोलकिपरमा सुनौलो संगमका दिलिप क्षेत्री, बेष्ट मिडफिल्डरमा सुनौलो संगमकै दामोदर थापा क्षेत्री, बेष्ट डिफेन्समा आर्मीका शेषराज घोािषत भए । उनीहरुले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी बेष्ट पलेयर अफ दि टुर्नामेन्ट बाट सुनौलो संगम युवा क्लवका सुरज हमाल घोषित भए । उनले नगद ७ हजार ७ सय ७७ रुपैया प्राप्त गरे ।
विजयी टिम तथा उपविजेता टिमलाई पुर्व सभामुख सुवासचन्द्र नेमाङले पुरस्कार वितरण गरे ।
















प्रतिक्रिया