१ कार्तिक २०८३, आइतबार

प्रचण्ड बिरामी परेपछि स्थायी समिति बैठक प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahal

काठमाडौँ, १६ साउन । एमाओवादीका अध्यक्ष प्रचण्ड बिरामी परेपछि शुक्रबार बस्ने भनिएको एमाओवादी स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

उहाँलाई शुक्रबार चिकित्सिकले लाजिम्पाटस्थित उहाँकै निवासमा स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्य जाँचपछि चिकित्सिकहरुले प्रचण्डलाई एन्टिबायोटिक औषधि दिएका छन् । कम्तिमा तीन दिन आराम गर्न चिकित्सिकले सल्लाह दिएपछि उहाँ अहिले आराम गरिहनु भएको छ ।

चिकित्सकहरु डा. बुलन्द थापा र डा. लोचन कार्कीले स्वास्थ्य जाँच गर्नुभएको हो ।