२५ कार्तिक २०८३, बुधबार

‘एमालेमा विलय हुनै लाग्यो एमाओवादी’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Santosh-subedi

काठमाडौं, २७ चैत । क्रान्तिकारी धु्रविकरणले तीव्रता पाइरहेको बेला एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओेवादीमा प्रवेश गरेका छन् ।

शनिबार संवाद डबलीमा माओवादी पार्टीले आयोजना गरेको ‘क्रान्तिकारी ध्रुविकरण कार्यक्रम’मा एमाओवादीका काठमाडौं क्षेत्र नं. ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।

एमाओवादी त्यागेका सन्तोष सुवेदी भन्छन्- ‘एमाओवादी नेतृत्वमा चित्र र चरित्र कतैकही मेल नखाएको र यसबाट महान जनयुद्धले लिएको लक्ष्यमाथि धोका दिएकोले आज मैले एमाओवादी पार्टी त्यागे । एमाओवादी क्रमशः एमालेकरण हुँदै गएको र यसले सधैं जनतालाई धोका मात्र दिने गरेको छ ।’

पार्टी प्रवेशी प्रयासलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढाले खादा–टीका लगाएर स्वागत गरेका थिए ।

ध्रुविकरण कार्यक्रममा बोल्दै उपत्यका इन्चार्ज सन्तोष बुढाले हालै सम्पन्न नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले लिएको निर्णयअनुरुप क्रान्तिकारी साथीहरुलाई क्रान्तिको महायात्रामा गोलबन्द हुन आह्वान गरिएको र सोही अनुरुप क्रान्तिकारी साथीहरु माओवादीमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे । उनले यो क्रम देशभर तीव्र रुपमा चलिरहेको बताए ।

सोही क्रममा विभिन्न पार्टीहरु छरिएर रहेका क्रान्तिकारीहरु राष्ट्रिय स्वाधीनताको रक्षा र अधुरो नेपाली क्रान्तिलाई पूर्णता दिन माओवादीमा गोलबन्द आह्वान पनि गरेका थिए ।

नेता बुढाले माओवादीहरुबीच एकता हुने चर्चा आत्मसमर्पणवादी र विसर्जनवादीहरुले चलाएको र एकताको विषयलाई नेकपा माओवादीले एजेण्डा नबनाएको समेत स्पष्ट पारेका छन् ।

एमाओवादी संसदीय माओवादी बन्न पुगेको र वैद्य माओवादी अकर्मण्यताको खाडलमा पुगेको बताए । एमाओवादी र वैद्य माओवादीभित्र रहेका सच्चा क्रान्तिकारीहरुलाई क्रान्तिकारी पार्टी नेकपा माओवादीको एकीकृत जनक्रान्तिकारीको कार्यदिशमा एकजुट हुन पनि उनले आह्वान गरे । क्रान्तिकारी शक्तिलाई दबाब दिन संसदवादी शक्तिहरु विदेशीसँग गठजोड गरेर लागिरहेको र त्यसलाई विफल पार्न नेकपा माओवादी पनि दृढताका साथ अघि बढिरहेको उनले बताए ।

त्यस्तै पार्टी नवप्रवेशी सन्तोष सुवेदीले एमाओवादी संसदीय भासमा फसेको र यसले राष्ट्रिय स्वाधीनताको पक्षमा कहिल्यै काम नगर्ने निष्कर्ष आफू पुगेपछि क्रान्तिकारी पार्टी विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीमा आवद्ध हुन भएको बताए ।

‘एमाओवादी नेतृत्वमा चित्र र चरित्र कतैकही मेल नखाएको र यसबाट महान जनयुद्धले लिएको लक्ष्यमाथि धोका दिएकोले आज म एमाओवादी पार्टी त्यागेर क्रान्तिकारी पार्टी नेकपा माओवादीमा आएको छु’ सुवेदीले भने ।

उनले एमाओवादीका क्रान्तिकारी साथीहरु छिट्टै पार्टी छाडेर समयमै क्रान्तिकारी पार्टीमा सामेल हुन आग्रह गरेका छन् । एमाओवादी क्रमशः एमालेकरण हुँदै गएको र यसले सधैं जनतालाई धोका मात्र दिने गरेको बताए ।

सुवेदी एकीकृत नेकपा माओवादीका नेता झक्कु सुवेदीका जेठा छोरा हुन् । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य माईला लामा, गुणराज लोहनी, आदर्श लगायतका नेताहरुको पनि उपस्थिति थियो ।