काठमाडौं, २६ चैत । एकीकृत माओवादीका स्थायी समिति सदस्य झक्कुप्रसाद सुवेदीका छोरा सन्तोष सुवेदी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
काठमाडौंको अनामनगरमा शनिबार बिहान पत्रकार सम्मेलन गरेर सुवेदी ‘विप्लव’ माओवादी प्रवेश गरेका हुन् । सुवेदीलाई नेकपा माओवादीका नेता तथा जनपरिषद् प्रमुख सन्तोष बुढाले टीका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
एमाओवादी दोस्रो एमाले बनेको आरोप लगाएका सुवेदीले ‘विप्लव’ माओवादी नै सच्चा माओवादी पार्टी रहेको बताए ।
सुवेदी एमाओवादी काठमाडौं निर्वाचन क्षेत्र नं ४ का ईन्चार्ज हुन् । ‘विप्लव’ माओवादी प्रवेश गर्नु पूर्व सुवेदीले आफ्ना बुबा झक्कुप्रसाद सुवेदीलाई कुनै जानकारी दिएका छैनन् ।












प्रतिक्रिया