काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले आवश्यक परे वर्तमान सरकारलाई ढालेर जतिबेला पनि अर्को सरकार बनाउन सकिने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता केसीले भन्नुभयो, ‘कांग्रेसले चाहेमा वर्तमान सरकारलाई जतिबेला पनि ढालेर अर्को सरकार बनाउन सक्छ । सरकार जतिखेर पनि ढाल्न सक्छौँ ।’
‘तर अहिले हामी सरकार ढाल्ने अवस्थामा छैनौँ’, कांग्रेस नेता केसीले भन्नुभयो, ‘प्रधानमन्त्रीको अहिलेको विकल्प भनेको शेरबहादुर जी हो ।’
कांग्रेसले अहिले सरकार बनाउने र गिराउने विषयमा नसोँचेको उहाँको भनाइ छ । नेता केसीले भन्नुभयो, ‘अबको यात्रा कांग्रेसले कसरी तय गर्ने भनेर छलफल गर्नुपर्ने छ । त्यस विषयमा पार्टीभित्र पहिला छलफल गर्ने छौँ । रणनीति बनाएर मात्रै अरु विषयमा सोच्छौँ ।’
सरकार ढल्छ भनेर चर्चा चलिरहेका बेला कांग्रेसका नेता केसीले वर्तमान सरकार जतिबेला पनि ढल्न सक्ने बताएका हुन् ।












प्रतिक्रिया