चितवन, १६ साउन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा वारेन्ट जारी गरिएका १३ मध्ये तीन जना धरौटीमा रिहा भएका छन् ।
वारेन्ट जारी गरेको ७०औं दिनमा बिहीबार जिल्ला अदालत चितवनमा हाजिर भएका हिमलाल अधिकारी, कालीप्रसाद अधिकारी र मेघनाथ पौडेल धरौटीमा छुटेका हुन् । अदालतमा उपस्थित भएसँगै उनीहरूसँग बयान लिइएको थियो ।
बयानपछि मुख्य न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले थुनछेक बहसपछि धरौटिमा छाड्ने आदेश दिएको अदालतका नासु जयनारायण आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिमलालले रु २७ हजार र कालीप्रसाद र मेघनाथ रु २०÷२० हजार बुझाएर धरौटी बुझाएर रिहा भएका हुन् । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कृष्णप्रसादका बुवाआमा २९१ दिनदेखि वीर अस्पतालमा अनसनमा हुनुहुन्छ ।
वीर अस्पतालले अधिकारी दम्पत्तीलाई बचाउन नसक्ने जनाएको छ ।
















प्रतिक्रिया