१ कार्तिक २०८३, आइतबार

यस्तो बन्दैछ काठमाडौं टावर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathmandu-tower

काठमाडौं, १६ साउन । निर्माणअघि नै विवादास्पद बनेको पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ निर्माण योजना अघि बढ्ने भएको छ ।

टेन्डर स्वीकृतमा त्रुटि नभटिएपछि टावर निर्माण प्रक्रिया अघि बढ्न लागेको हो । काठमाडौं महानगरपालिकाका सूचना अधिकृत महेश काफ्लेले टावर निर्माणको प्रारम्भिक तयारी पूरा भएको बताए । उनका अनुसार टेन्डर पाउने कम्पनी र महानगरपालिकाबीच काम सुरु गर्नुअघि हुने केही सम्झौतापत्रमा हस्ताक्षर गर्न भने बाँकी रहेको नयाँ पत्रिकामा खबर छ । ‘टावर निर्माणको पूर्वतयारी सकिएको छ । टेन्डर पनि पास भएको छ,’ काफ्लेले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट क्लिन चिट पाइसकेको अवस्था छ । अब फिल्डमा टावर निर्माणको काम सुरु गर्न मात्रै बाँकी छ ।’ टावर निर्माणका लागि जलेश्वर स्वच्छन्द एन्ड बोकाई निर्माण कम्पनीले टेन्डर स्वीकृत पाएको छ । यसअघि टेन्डर स्वीकृत प्रक्रियामा विवाद भएको भन्दै अख्तियारले अनुसन्धान थालेपछि टावर निर्माण कार्य बीचैमा रोकिएको थियो ।

काठमाडौं टावर २० तले हुनेछ । २३ रोपनी परिसरमध्ये १३.८ रोपनी जग्गामा टावर निर्माण गर्ने योजना छ । दुई तला अन्डरग्राउन्डमा तीन सय सवारीसाधन अटाउने पार्किङ, ग्राउन्ड फ्लोरमा मोटरसाइकल पार्किङ बनाउने योजना छ । पहिलो तलामा बसपार्कका काउन्टर दोस्रो तलामा सूचना डेक्स, तेस्रो तलामा अत्याधुनिक सिनोमा हल हुनेछ । चौथो तलामा बैंकहरु, पाँचौंमा वित्तीय कारोबारसँग सम्बन्धित कम्पनी रहनेछन् । छैटौं तलामा सभा तथा सम्मेलनका लागि ‘भिजिटिङ सेन्टर’, सातौं, आठौं र नवौं तलामा क्रियसनल एरिया रहने योजना छ । सर्भिस फ्लोरका लागि १० औं तला छुट्याइएको छ । ११ औ, १२ औं, १३ औ र १४ औं तलामा विभिन्न कर्पोरेट सेन्टर, १५ औं र १६ औं तलामा होटल र १७ औ तलामा भ्यु टावर बनने छ ।