२९ आश्विन २०८३, बिहिबार

माओवादीलाई निषेध गरे जनविद्रो अनिवार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netrabikram Chandपोखरा । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले राज्यबाट माओवादीलाई निषेध गर्दै जाने हो भने जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।

क्रान्तिकारी पत्रकार महासङ्घ कास्कीले आज (आइतबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै दलबीच गोलमेच सम्मेलन गरी नयाँ संविधान जारी गर्नुपर्ने बताए ।

उनले दुई माओवादी व्यक्तिगत स्वार्थका लागि आवश्यक नरहेको बताए । ‘एमाओवादी र माओवादीबीचको एकीकरण निजी स्वार्थमा भन्दा कम्युुनिस्ट आन्दोलनलाई अघि बढाउन र जनताका विषयलाई फाइदा पुग्ने गरी हुनुपर्छ,’ उनले भने ।