२५ कार्तिक २०८३, बुधबार

एयरपोर्टबाट समातेको एसएलआरको अनुसन्धान गर्ने प्रहरी नै छक्क, व्रिटिश लाहुरेले झुक्याए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slr-rifale

काठमाडौं, २६ चैत । विहीबार त्रिभुवन विमानस्थलबाट बरामद गरिएको एसएलआर राइफलको गोलीले प्रहरीलाई नै झुक्याएको छ ।

उक्त राइफलको गोलीसहित बुलेट बेल्ट बोक्ने ब्रिटिश लाहुरे अभिषेक लिम्बु पनि पक्राउ परे । नेपाली मुलका बेलायती नागरिक लिम्बु जहाज चढ्नका लागि प्रतिक्षालयमा बसेका बेला पक्राउ परेपछि लण्डनको जहाज छुट्यो ।

नेपाल एयरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका नेपाली मुलका ब्रिटिश नागरिक राहदानी नम्बर ५१२९९९०४३ बाहक लिम्बुको सुटकेशभित्र कपडाले छोपेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरोले ६१ थान एसएलआरको जस्तो बुलेट बेल्ट र १ थान खोका भेटेपछि नियन्त्रणमा नै लिएर अनुसन्धान गर्न महानगरीय अपराध महाशाखामा पठाएको थियो ।

तर, अनुसन्धान सुरु गर्नेवित्तिकै प्रहरी नै अच्चम परे । लिम्बुले नेपालबाट युके लैजान लागेको ६१ बुलेट बेल्ट नक्कली भएपछि प्रहरी अचम्मा परेका हुन् । यद्यपी उनीमाथि अझै अनुसन्धान भइरहेको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने- ‘अनुसन्धान गर्दा बेल्ट नक्कली देखिएको छ । तर, छानबिन अझै जारी छ । छिट्टै निचोडमा पुग्छौं ।’

एसएसपी खनालका अनुसार १२ वर्षदेखि व्रिटिश लाहुरेमा कार्यरत लिम्बुले आफन्तले बुलेट बेल्ट ल्याइदिन लण्डनबाट आग्रह गरेपछि शुटकेशमा नक्कली (नमूना) राखेको बताएका छन् ।