१ कार्तिक २०८३, शनिबार

चीनलाई कडा सबक सिकाउने हिलारी क्लिन्टनको चेतावनी, अमेरिकी ब्यापारको गोप्यता चोरेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hilari Clintonएजेन्सी, २५ चैत । अमेरिकी राष्ट्रपतिको उम्मेदवारी दौडमा रहेकी डेमोक्र्याटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले आफू राष्ट्रपति भएमा चीनलाई कडा सवक सिकाउने चेतावनी दिएकी छन् ।

विस्किन्सनको प्रारम्भिक चुनावी र्‍यालीलाई सम्बोधन गर्दै नेतृ क्लिन्टनले चीनको कडा आलोचना गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएमा चीनलाई नियम पालना गर्न बाध्य पार्ने बताएकी हुन् । उनले कयौं कठिन मुद्दामा चिनियाा नेताहरुसाग आफूले आमनेसामने गरेको र राष्ट्रपति बनेमा चीनका लागि मुस्किल हुनसक्ने दाबी गरिन् ।

नेतृ क्लिन्टनले अमेरिकाको बजारमा आफ्ना वस्तुहरु अवैध तरिकाले ल्याउने गरेको आरोप लगाउादै अमेरिकी व्यापारको गोप्यता पनि चोरी गर्ने गरेको दाबी गरिन् । चीनले आफ्नो मुद्राबाट खेल खेल्दै अमेरिकी कम्पनीबाट फाइदा लिइरहेको उनको आरोप थियो ।

नेतृ क्विन्टनले अमेरिकी कम्पनीहरुलाई भेदभाव गर्ने गरेकोसमेत आरोप लगाइन् । चुनाव प्रचारका क्रममा उनले पछिल्लो पटक दिएको अभिव्यक्ति चीनमाथि सबैभन्दा उग्र मानिएको छ ।