काठमाडौं, २५ चैत । कांग्रेस संसदीय दलको निर्वाचनमा पराजित हुने निश्चितजस्तै हुँदाहुँदै पनि रामचन्द्र पौडेलले किन दिए दलको नेतामा उम्मेदवारी ? यस्ता रहेछन् तीन कारण :
१. प्रतिपक्षी दलको प्रतिपक्षी नेता बन्ने रणनीति
रामचन्द्र पौडेललाई थाहा थियो– संसदीय दलको निर्वाचन जितिन्न । तर, देउवासाग प्रतिस्पर्धा गर्न अरू कसैलाई पठाउादा उही नै शक्तिकेन्द्र बन्ने भय उनलाई थियो । महाधिवेशन र दलको चुनावमा हारे पनि देउवाको प्रतिस्पर्धी पौडेलबाहेक अरू कोही छैन भन्ने उनी पुष्टि गराउन चाहन्थे ।
२. कोइराला परिवारको मनोविज्ञान
सुशील कोइरालाको उत्तराधिकारी बन्न खोजेका शशांक, शेखर र सुजाताले बाध्य भएर महाधिवेशनमा पौडेललाई नेता मान्नुपर्यो । दलको नेतामा अर्कोलाई अघि सार्दा ऊ पनि अगुवा बन्छ भन्ने कोइराला परिवारको मनोविज्ञानले अरूलाई अगाडि आउन दिएन । पौडेल नै उम्मेदवार भए ।
३. प्रकाशमान र रामशरणको स्वार्थ
प्रकाशमान सिंह र डा. रामशरण महत संसदीय दलको उम्मेदवार हुन चाहन्थे । यसपालि पराजित भए पनि पुरानो संस्थापनको नेता हुन सकिन्छ भन्ने उनीहरूको आाकलन थियो ।
तर, आफूले नपाउने अवस्थामा आफूसरहको अर्को नेता अगाडि नजाओस् भन्नेमा पनि यी दुवै चनाखो थिए । त्यसैले उम्मेदवारको रूपमा पौडेलको विकल्प भएन । नयाँ पत्रिकामा खबर छ ।















प्रतिक्रिया