३० आश्विन २०८३, शुक्रबार

आयल निगमले गऱ्यो अपत्यारिलो दाबी, लाइनमा बसेका उपभोक्ता चकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Oil_corporation

काठमाडौँ, २४ चैत । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्ति क्रमिकरुपमा सहज हुँदै गइरहेको दाबी गर्नुभएको छ ।

खड्काको यस्तो दाबीपछि तेल हाल्न लाइनमा लागेका उपभोक्ताहरु अचम्म परेका छन् ।

रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले केही दिनमा निर्माण क्षेत्र तथा कन्सट्रक्सन कम्पनीलाई डिजेलको आपूर्ति सहज बनाउन व्यवस्थापन गर्ने बताउनुभयो । गत वर्ष मार्चको तुलनामा यो वर्षको मार्चमा ३५ प्रतिशत ग्यासको आपूर्ति बढाएको र अप्रिल महिनामा अझै बढाउने तयारी निगमले गरेको उहाँको भनाइ छ ।

खड्काका अनुसार नेपालमा हाल ५५ उद्योगले ग्यासको रिफिलिङ्ग गर्दै आएको र ९० दिनका लागि जगेडा राख्न नुवाकोट, बैरनी र पाँचखालमा ग्यास स्टोरेज निर्माण कार्य भइरहेको र आगामी दुई वर्षभित्र तयार हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति सहज गर्न चीनसँग ३० प्रतिशत व्यापार गर्ने अवस्थामा नेपाल रहेको उहाँ बताउनुहुन्छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले जिल्लामा चार लाख ग्यासका सिलिन्डर अवैधरुपमा भित्रिएको जानकारी दिँंदै प्रतिसिलिन्डर रु चार हजार ५०० लिएर बिक्री गर्दै गरेको अवस्थामा २५ सिलिन्डर जफत गरी कारबाहीको दायरामा ल्याएको बताउनुभयो । हालसम्म जिल्ला प्रशासन कार्यालयमा ग्यास कालोबजारी गरिएका १३ वटा मुद्दा दायर भएका, ५६७ वटा भरी सिलिन्डर जफत गरेको र १८ जनालाई प्रतिवादी बनाइएको र दस हजार ४६५ लिटर पेट्रोल जफत गरिएको सुवेदीले जानकारी दिनुभयो ।

आपूर्ति विभागका महानिर्देशक गोकुल धितालले गएको चैत महिनादेखि पेट्रोलियम पदार्थको आपूर्तिमा क्रमिक सहज भएको बताउनुभयो । वितरण प्रणालीमा सहज बनाउन मन्त्रालयले बजार हस्तक्षेप गर्ने तयारी गरिरहेको छ । एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगमा सरकारले चाहिने भन्दा बढी हस्तक्षेप गरेको आरोप लगाउनुभयो । पर्याप्त मात्रामा आयात नभएकाले बजारमा ग्यासको अभाव देखिएको घिमिरे बताउनुहुन्छ ।

हाल बजारमा ५५ लाख सिलिन्डर रित्तो अवस्थामा रहेका बताइएको छ । रासस