३० आश्विन २०८३, शुक्रबार

पर्सामा दुई सय ७० केजी चरेससहित तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prashansa857

वीरगञ्ज, १५ साउन । पर्सामा लागूऔषध चरेससहित तीन जना पक्राउ परेका छन् ।

वीरगन्ज पथलैया सडकखण्डमा पर्ने पर्साको लिपनीविर्ताबाट प्रहरीले दुई सय ७० केजी चरेससहित तीन जनालार्इ बुधवार साँझ पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो । प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

हेटौंडाबाट वीरगन्जतर्फ आउदै गरेको ना ३ ख ९१५० नम्बरको ट्रकमा चेकजाँच गर्दा ट्रकको क्याबिनभित्र लुकाएर राखेको उक्त परिमाणको चरेस प्रहरीले बरामद गरेको हो।

चरेस बोकेर आएको ट्रकका चालक मकवानपुर जिल्ला मनहरी निवासी २५ बर्षीय अमेद कुमार बिश्वकर्मा, ट्रकमा सवार महनरीकै १७ बर्षीय बिजय तामाङ र चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० निवासी २५ बर्षीय रामबहादुर तामाङलाई चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले बिहीवार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।