– सुदिप निउरे
क्वालालम्पुर, २४ चैत । नेपाली कामदारलाई रोजगारी दिँदै आएको मलेसियाले नेपाली विद्यार्थीलाई छात्रवृत्ति समेत दिएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासका प्रवक्ता एव द्धितीय सचिब उत्तम शाहीले भूकम्पबाट प्रभावित क्षेत्रका पाँच जना नेपाली विद्यार्थीलाई मलेसियाको सनओए यूनिभर्सिटीले पूर्ण छात्रवृत्ति प्रदान गरेको जानकारी दिए ।
जलन यूनिभर्सिटी बन्दर सनओएमा अवस्थित उक्त विश्व विद्यालयमा भएको एक विशेष समारोहमा राजदूत डाक्टर निरन्जनमान सिंह बस्न्यातले पाँचै जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेका छन् ।
गतबर्ष आएको विनाशकारी भूकम्प लगत्तै राजदूतकै उपस्थितिमा यस विश्वविद्यालयले छात्रवृत्ति कोष खडा गर्न यसअघि एक विशेष कार्यक्रम गरेको थियो ।
मलेसियामा झण्डै ८ लाख नेपाली कामदार कार्यरत छन् ।
















प्रतिक्रिया